दानियल सुनुवार
रेडियो वान ९३.३ मेगाहर्ज
हेल्पिङ ह्याण्डस् फाउन्डेसन (Dotera) Choice Nepal र गोकुलगंगा गाउपलिकाको सहकार्यमा निर्माण भएको गोकुलगंगा अस्पताल माघ – ५, सोमबार समुद् घाटन गरि संचालनमा आएको छ ।
बागमती प्रदेस – ३ आर्थिक मामिला तथा सम्माननीय मन्त्रि कैलास ढुंगेलद्वारा सिलान्यास भएको गोकुलगंगा अस्पताल हेल्पिंग हन्ड्स फाउन्डेसन (Dotera) Choice Nepal र गोकुलगंगा गाउपलिकाको संयुक्त लगानीमा करिब ५ (पाँच) करोडको को हाराहारीमा निर्माण सम्पन्न भएको हो ।

Covid – 19 को आसरले सेवा सुचारु ढिलाईभएको कुरा गोकुलागंगा गाउपलिकाका अध्यक्ष एबम अस्पल समुद्घाटन समारोहका प्रमुख अतिथि खड्गबहादुर सुनुवारले बताउनुभयो । अध्यक्ष सुनुवारले नेपाल सरकारको एक गाउपालिका एक अस्पताल भन्ने अवधारणा अनुरुप अन्य मुलुकमा भर्खर अस्पताल भवन सिलान्यास हुदै गर्दा आफ्नो पालिकामा उत्घाटन तथा सेवा सुचारु गर्न सफल भएकोमा खुसि ब्यक्त गर्नुभयो ।

अस्पताल उत्घाटन सम्म आइपुग्न ठुलो चुनौतिको सामना गर्नुपरेको उहाले बताउनुभयो । सो अवस्थामा आइपुग्न स्थानीय जनता निर्माण समिति सबैको ठुलो भूमिका रहेको छ भन्नुभएको थियो । गोकुलगंगा को स्वास्थ्य क्षेत्रमा पाएको ठुलो सफलता भन्दै अब गोकुलागंगा गाउपलिका सम्वृद्धि तर्फ तिब्रता लिएको भन्दै ठोसे जलसायको पनि सर्वेक्षण सुरु भएको बताउदै सो योजना सफल भयमा बार्षिक ५० (पचास) करोड आम्दानी हुने परिकल्पना गरिएको छ भन्नुभयो । अन्तमा अस्पताल निर्माण समिति choice nepal (Dotera) तथा अस्पतालको लागि जग्गा उपलब्ध गर्नुहुने र सबै कर्मचारी लगाएत समस्त जनता तथागोकुलगंगा,रस्नालु बासिलाइ धन्यावाद ज्ञापन गर्नुभयो ।

गोकुलगंगा अस्पताल निर्माणका सहकर्मी Helping Hands Foundation (Dotera) का प्रतिनिधि राजेस अधिकारीले अस्पताल सहि सदुपयोग गरि स्वास्थ्य जीवन यापन गर्दै निरन्तर सेवा प्रदान गर्नुहोस भन्ने आग्रह गर्दै आगामी दिनहरुमा पनि परेको खण्डमा सहयोग गर्ने प्रतिबद्धता पनि दिनुभयो । आफ्ना शुभकामना मन्तव्यमा Choice Nepal क निर्देशक प्रतिक शर्माले गोकुलागंगा गाउपलिकाले एउटा आमाले सुन्दर बालक प्राप्त गरेको अवस्थामा खुसीले हर्ष आभाष भएको तुलना गर्नुभयो । निर्देशक शर्माले अस्पताल निर्माणको सुरुदेखि अहिले सम्मको अवस्थामा आइपुग्दा धेरै चुनौतिहरुको सामना गर्नुपरेपनि आर्थिक खर्च विवरण वारे स्पष्ट र पारासर्शिता भएको कुरा प्रति अति गर्वान्बित बह्येको छु भन्दै निर्माण समिति तथा गाउपलिका अध्यक्षलाई धन्यबाद दिनुभएको थियो ।

गाउपलिकाका उपाध्यक्ष राधीका नेवार श्रेष्ठले स्वागत मन्तब्यसंगै गोकुलागंगा अस्पताल निर्माणको कुल रकम बारे आर्थिक प्रतिबेदन पनि सार्बजनिक गर्नुभएको थियो ।
अस्पताल समुध्घाटन समारोहको अवसर पारि निशुल्क चेकजांचको सिविर पनि राखिएको थियो । बाहिरंग बाट चेकजांच गरि विभिन्न विभागमा अनुगमन गरि हेर्दा धेरै जसो आखाका बिरामी आएका बताएका छन् । 15 सैयाको क्षमता भएको अस्पताल बाट रेडियोलोजी,ल्याब,फार्मेसी,दाँत,आखा,प्रसुती सेवा ,भिडियो एक्सरे जस्ता सेवाहरु नियमित सुचारुहुने जानकारी अस्पतालका प्रमुख डाक्टर झाले बताउनुभयो । आफु रहुन्जेल सम्म दिलोज्यानले सेवा गर्ने प्रतिबद्धता पनि डाक्टरले बताउनुभयो ।
