स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी केही दिनमा कोरोना संक्रमणले अझै व्यापकता पाउन सक्ने भयको क्षितिज देखा परेकोले उच्च सावधानी अपनाउन आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले नेपालमा आफ्नो उपस्थिति बढाउँदै लैजाँदा चिन्ताजनक परिस्थितिको सामनाको विषय चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो।

सकारात्मक सोच र चिन्तनका साथ आ–आफ्नो ठाउँबाट यस रोगको उपचार, नियन्त्रण, रोकथाम तथा व्यवस्थापनमा एकजुट हुन आवश्यक रहेको उहाँले बताउनुभयो।

सरकारले कोरोना महामारीले नेपालमा चिन्ताजनक रुप धारण गरेको र आगामी दिनहरु अझै चुनौतीपूर्ण रहेका बताएका बेला जनस्वास्थ्य वैज्ञानिकहरुले पनि नेपालमा कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको संकेत गरेका छन्।

परीक्षणको दायरा बढाउनु नै कोरोना संक्रमणको फैलावट रोक्न सकिने एकमात्र बुद्धिमानी विकल्प रहेको उनीहरुको भनाई छ। जनस्वास्थ्यविद डा. समिरमणि दिक्षितले काठमाडौँ लगायत तराईँका केही क्षेत्रमा समुदायस्तरमा संक्रमण फैलिएको संकेत गर्नुभयो।

सरकारले कोरोना संक्रमण भएर असपताल भर्ना भएका व्यक्तिलाई दशौँ दिनमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आए तत्काल घर पठाउने र पोजिटभ आए त्यसको चार दिनपछि अर्काे पीसीआर परीक्षण नगरेरै घर पठाउने नीति लिएको छ।

१० दिनपछि कुनै पनि संक्रमितले अरु व्यक्तिलाई संक्रमण सार्न नसक्ने भएकोले यसो गरिएको सरकारको दाबी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले १० दिनपछि संक्रमितले कसैलाई पनि संक्रमण सार्न नसक्ने दाबी गर्नुभयो।

यता कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेका बेला सरकारले दशौँ दिनमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएका संक्रमितलाई त्यसको चार दिनपछि अस्पतालबाट घर पठाउने नीतिप्रति चिकित्सकहरुले आपत्ति जनाएका छन्।

जनस्वास्थ्यविद डा. दिक्षित सरकारको यो निर्णय मूर्खतापूर्ण रहेको बताउनुहुन्छ। विश्वका अन्य देशले अपनाएको नीति जस्ताको त्यस्तै नेपालमा पनि सिको गरिनु उचित नहुने उहाँको भनाई छ। एउटा बेड खाली गर्नका लागि सयौँ व्यक्तिलाई संक्रमणको जोखिममा राख्ने कार्य कदापी उचित नहुने उहाँको तर्क छ।

यता कोरोना संक्रमितको उपचारका लागि ज्यान हत्केलामा राखेर अहोरात्र खटिएका चिकित्सकहरुमाथि कतिपय ठाउँमा दुव्र्यवहार भएका घटना पनि सार्वजनिक भएका छन्।

राजधानीको बानेश्वरमा नै चिकित्सकहरु बसेको होस्टेलमा स्थानीयले आक्रमणको प्रयास गरेका थिए। यस्ता तुच्छ व्यवहार देखाएर चिकित्सकको मनोबल नघटाउन पनि सर्वत्र आग्रह भइरहेको छ।

सरकारी चिकित्सक संघका अध्यक्ष रविन खड्काले कविता सुनाउँदै चिकित्सक लगायत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने व्यवहारको प्रदर्शन गर्न आग्रह गर्नुभयो।

पछिल्लो चौबिस घण्टामा मात्रै नेपालमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। संक्रमित हुनेको ग्राफ पनि निरन्तर उकालोमा छ।

अहिलेसम्म नेपालमा ज्यान गुमाउने संक्रमितहरु दृघरोगीहरु रहेका बताइन्छ। तर विज्ञहरुले म बलियो छु र मलाई कुनै रोग छैन भन्दै कोरोनासँग खेलाँची नगर्न यसअघि नै चेतावनी दिइसकेका छन्।