रेडियो वान ९२.३
रामेछाप, गोकुलगंगा
“रास्ट्रको लागि खेल र स्वास्थ्यको लागि खेलकुद”
सहिद बिष्णु कार्की (पुकार) स्मृति कप २०७७ को खुल्ला पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
२०७७ साल माघ २५ गते बाट गोकुलागंगा गाउपलिका-५ नामाडी चित्रे,रामेछापमा संचालन भएको सहिद बिष्णु कार्की (पुकार)स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिता फाल्गुन २ गते समापन भएको हो।
खेलमा विभिन्न क्लब र संघ संस्था गरि १९ टिम सहभागी भएका थिय। खेल लिग कम नकाउट गरि खेलाइयको थियो। खेलमा प्रथम स्थान प्राप्त टिमलाई नगद रू. ३०,००० को साथमा सिल्ड,मेडल र प्रमाणपत्र त्यसैगरी द्धितीय स्थान प्राप्त टिमलाई नगद रू. २०,००० को साथमा सिल्ड,मेडल र प्रमाणपत्र एक रितले तृतीय स्थान प्राप्त टिमलाई नगद रू. १०,००० को साथमा सिल्ड,मेडल र प्रमाणपत्र पुरस्कार राशिको व्यवस्था गरियको थियो। साथै अन्य उत्कृस्ट खेलाडीहरु लाई पनि उपहार तथा ट्रफीहरु प्रदान गरियको थियो।
आयोजकको प्रमुखमा रहनुभएको केसर कार्कीले सम्पूर्ण सहभागी १९ वटै टिम तथा खेलप्रेमी साथीहरुलाई सहभागिताको लागि धन्यबाद दिदै उपाधि बिजेता प्रथम, द्धितीय र तृतीय टिमलाइ हार्दिक बधाई प्रकट गर्नुभएको थियो।
सहभागी टिम संख्या १९ मध्य प्रथम स्थान हासिल गर्न सफल भएका लिखु तामाकोशी गाउपलिका का “खिम्ती प्याराडाईज युवा क्लब’, क्रमस द्धितीय उपाधि “RPYC बुर्के” गोकुलगंगा-३ रस्नालु र तृतीय स्थानमा “सुर्य दिप युवाक्लब” मन्थली नगरपालिकाले प्राप्त गर्न सफल भएको थियो।यसै गरि खेलको लागि आर्थिक तथा भौतिक रुपमा सहयोग गर्नुहुने सहयोगी हातहरु लाइ पनि बिशेष धन्यबाद ज्ञापन गर्नुभयो।
सहयोगी हातहरु क्रमसः
१) एम.भी. दुगर ग्रुप – रू. २०,०००।–
२) जी.भी.एन. हाइड्रोपावरलिमिटेड – रू. 15,०००।-
३) दिनेश खड्का (तरुणदल अध्यक्ष) – रू. १०,०००।–
४) कृष्ण बहादुर सुनुवार – रू. १०,०००।–
५) नाती बाजे कन्ट्रक्सन (नामाडी) – रू. ५,०००।-
६) रामकृष्ण खड्का (बि.पी. फाउन्डेसन) – रू. ५,०००।-
७) नेपाली कांग्रेस कम्युनिटि (नामडी) – रू. ५,०००।-
८) जगनाथ दाहाल – रू. ५,०००।-
९) कुलराज सुनुवार – रू. ५,०००।-
१०) जीवन खड्का – रू. २,१००।-
११) भरत खड्का – रू. २,०००।-
अन्तमा “रास्ट्रको लागि खेलकुद र स्वास्थ्यको लागि खेलकुद” भन्दै उपस्थी विभिन्न संघ संस्था तथा सहयोगीहातहरुमा आयोजक प्रमुख केसर कार्कीले बिशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो।