मैनापोखरी बजार

मैनापोखरी।दोलाखाको गौरीशंकर गाउपालिकाका एक कोरोना संक्रमितको सम्पर्कमा पुगेका मैनापोखारिका दुई पसलको संचालकमा कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ ।


गौरीशंकर गाउपलिका स्थित जुगुका एक कोरोना संक्रमित पुरुषको सम्पर्कमा पुगेका बैतेश्वोर गाउपलिका ५ मैनापोखरी बजारमा रहेको सिसा पसलका संचालक एक पुरुष र होटल संचालक एक महिलाको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । जुगुको कोरोना संक्रमित पुरुष मैनापोखरी स्थित सिसाट सामान खरिद गरेको र होटलमा गएर खाजा खाएको पाईएपछी कन्ट्याक ट्रेसीङको आधारमा उनीहरुको केहिदिन अघि स्वाब संकलन गरि धुलिखेल अस्पतालमा पठाइएको थियो । र आज रिपोर्ट नेगेटिभ आएको बैतेश्वर गाउपलिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिनुभयो । ति दूई पसलमा कोरोना संक्रमित पुगेको पुष्टि भएपछी दुवै पसल सिल गरीएको थियो ।रिपोर्ट नेगेटिभ आए संगै पसल पनि फुकुवाहुने आचार्यले बताउनु भयो ।

उपाध्यक्ष आचार्यका अनुसार गाउपलिकाको वडा नम्बर ४, बगर क्वारेन्टाइनमा बसेका सुई पुरुषको पनि आज पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।