दोलखा।दोलखाको भिमेश्वर नगरपालिकामा कोरोना पुस्टिभएका संक्रमितहरु सुरक्षाकर्मी देखि एनजीओ कर्मी समेत रहेको छ ।

आज संक्रमण पुस्टि भएका भिमेश्वर नगरपालिकाका ६ जना कोरोना संक्रमितहरुसुरक्षाकर्मी,स्वास्थ्यकर्मी र एनजीओकर्मी भएको पाइएको हो । संक्रमित मध्य ३ जना एनजीओकर्मी,३ जना सुरक्षाकर्मी र एक जना स्वास्थ्यकर्मी रहेको छ ।यहि भदौ ३ गते जिल्लाबाट धुलिखेल पठाईएको स्वाव नमुनामध्य भिमेश्वर नगरपालिकाको आज ६२ जनाको स्वाव परिक्षण भएकोमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो संगै दोलखा जिल्लामा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या १८ पुगेको छ ।