भारतमा कोरोनाले फेरि नयाँ रेकर्ड कायम गरेको छ । कोरोना भाइरस संक्रमितको संख्यामा भारतमा कोरोनाले नयाँ रेकर्ड कायम गरेको हो ।

भारतमा पछिल्लो २४ घण्टामा ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि छ । यो भारतमा अहिलेसम्मकै बढी दैनिक संक्रमण संख्या हो । त्यस्तै, विश्वकै तुलनामा पछिल्लो २४ घण्टामा भारतमा सबैभन्दा संक्रमित फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा शुक्रबार ६९ हजार २८ जना संक्रमित थपिँदा ९५३ जनाको मृत्यु भयो र ६२ हजार ८५८ जना निको भएको छ ।