पौष २७

दानियल सुनुवार

रेडियो वान ९२.३ मेगाहर्ज

गाउपलिकको कार्यसाला भबन भित्र सम्पन्न भएको आठौ गाउसभामा गाउपलिकाको प्रतिनिधि,कर्मचारी,पालिका सदस्यहरु,वडा पालिकाका प्रतिनिधिहरु,वडा सदस्य मिडिया कर्मीहरु र पत्रकारहरुको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा गत अर्धबार्षिक अबधिमा भएका,हुदैगईरहेका र हुन बाकी विकास योजनाको गतिविधिहरु प्रस्तुत गरिएका थिए।सबै वडाका वडा अध्यक्ष ज्युहरुले आ आफ्नो वडाको कार्य तथा प्रगति प्रस्तुत गर्नुभएको थियो। वडा नम्बर १ का वडा अध्यक्ष मनिकुमार लामाले योजनाका सबै काम समापन भएको र वडा नं १ पर्यटकीय क्षेत्रका लागी उत्कृष्ट रहेको भन्दै बहेनी प्रस्ट्याउनुभएको थियो।यसै गरि वडा नं २ का अध्यक्ष शेखरमान श्रेष्ठले आफ्ना वडा आलुजोनको लागि उपयुक्त रहेको तर सामग्रीको अभाब भएको कुरा ब्यक्त गर्नुभयो।वडाकै प्रतिबेदन गर्ने क्रममा ३ नं वडाका अध्यक्ष नरबिक्रम कार्कीले विकास योजनाको काम तीब्रताको साथ आगाडी बढेको भन्दै धार्मिक स्थलको काम सम्पन्न नभएको र सिचाइको सम्झौता नभएको भन्दै प्रमुख प्रशासकीय र गा.पा.अध्यक्षको ध्यानाकर्षण गर्दै गुनासो ब्यक्त गर्नुभयो। अध्यक्ष कार्कीले आफ्नो वडामा कृषिमा अतिनै ढिला भएको कुरापनि प्रतिबेदनमा प्रस्तुत्त गर्नुभयो।

एबं रितले वडा नं ५ का वडा अध्यक्षले आफ्नो वडाका बिषयमा सबै योजनाका काम सफलता पुर्बक सम्पन्न भएको कुरा पेश गर्नु भयो। वडा नं ६ का वडा अध्यक्ष चन्द्र सुनुवारले पनि बिकासका योजनाको काम क्रमिक रुपमा संचालन भइरहेकोभन्दै गाउपालिकाले सिद्दार्थ बैंक बाट सामाजिक सुरक्षाभत्ता वितरण गर्दा कतिपय बृद्दबृदा तथा अपांग जस्ता जनताले धेरै सास्ती खेप्नुपरेको गुनासोपनि सभामा ब्यक्त गर्नुभयो।पालिका अध्यक्ष खड्गबहादुर सुनुवारले संघिय सरकारको स्थानीय जनप्रतिनिधिमा हामी पहिलो प्रतिनिधि हौ भनि सभालाई सम्बोधन गर्दै करिब ६०- प्रतिशत विकास तथा अनुदानका कामहरु सबै ठाउमा सम्पन्न भएको बताउनुभयो। गत समयमा विश्व महामारी कोभिड १९ मा देश बाहिर विभिन्न ठाउबाट आएका पालिकाबासीलाई सुरक्षित क्वारेन्टाइनमा राखी करिब ३०० जनालाइ खान बस्नको व्यवस्था गरि PCR परिक्षण गरि सुरक्षित तवरले आ आफ्नो घरमा पठाइएको कुरापनि सभामा प्रस्ट पार्नुभयो। प्रगति विवरणमा उल्लेख गर्दै सुनुवारले आफ्नो क्षेत्रलाई पनि अझ प्रबल बनाउन गाउपलिकाका ७ वटा मा.बि. मा आइ.टि. प्रशिक्षकको ब्यबस्था गर्ने र अमिन तथा आइ.टि. पढ्न चाहाने बिद्यार्थीलाइ क्षात्रबृद्धिको व्यवस्था गर्ने भएको छ। पालिकाको आर्थिक सम्वृद्धिको लागि पर्यटन विकास लाइ जोडदिने मन्तब्यपनि व्यक्तगर्नुभयो। पालिकाको आन्तरिक स्रोत भनेको पर्यटन,हाइड्रोपावर,शिक्षा,स्वास्थ्य र यहाँ उत्पादित थोकहरू बाटनै सम्बृद्ध गाउपलिका बन्नेछ भन्नुभयो। हाम्रो आखा अगाडी हाम्रै जनसहभागितामा ४०० किलोमिटर पुर्बधार सडकहरु बनिएका छन्, यदि केन्द्र बाट यो काम गर्नुपरेमा अरबौ बजेको आबास्यक पर्थ्यो भन्नुभयो गाउपलिका परिसरमा बस्ति ब्यबस्थापन रिंगरोडको संरचना बनाइसकेको, ६ वटा खेलमैदान क्रमागतरुपमा निर्माण हुदैछन,५० रोपनी जग्गामा हरेक वडामा एउटै नक्सामा वडा भबनहरु तयार हुदै छ।

यस आर्थिक बर्षमा १७०० वटा खानेपानी धारा निर्माण गर्ने र एक घर एक धारा भन्ने नारालाई साकार पार्नको लाफी बोलपत्र आह्वान भइसकेकोछ। विकास क्रममा ७ वटा RCC पुलको पनि निर्माण गर्ने योजना बारे प्रस्ट्याउनुभयो। गाउपलिका बाट स्वास्थ्य लाइ मध्यनजर राखी प्राणघातक रोग लागेका बिरामीलाई रु २५००० र तल्लो स्तर र गरिबीको रेखामुनी रहेका बिरामीलाई उपचारकोलागी १०००० सहयोग स्वरूप तत्काल दिनेब्यब्स्था गरेको छ।अहिले सम्म गाउपलिका न्ययायिक समितिको पहलमा १२० वटा मुद्दा मध्ये ७० वटा मुद्दा फैसला गर्न पालिका सफल भएको छ। अध्यक्ष सुनुवारले उद्योग क्षेत्रमा विभिन्न ४० भन्दा बढी उद्योगहरु प्रोमोट गर्ने तयारी गर्दैछ यदी यी बिकासका योजनालाई सबैको तर्फबाट मध्यनजर गरियमा पक्कैपनि हामी भोलि सम्बृद सुखी तथा समुन्नत गाउपलिका बन्नेछौ भन्दै यस आठौ गाउ-सभा सफल बनाउन सहयोग गर्ने सबैलाई आफ्नो तर्फ बाट धन्यवाद दिदै गोकुलगंगा गा.पा.को आठौ गाउ-सभा अत्यन्त सौहार्दिक तथा मर्यादित पुर्बक सम्पन्न भएको घोषणा गर्नुभयो।