गयरातीको अविरल बर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङको ढोरपाटन नगरपालिकामा एक युवतीको ज्यान गएको छ । ढोरपाटन नगरपालिका २ अर्नाक स्थित कली परियारको १९ बर्षिय छोरी पुजा परियारको ज्यान गएको हो ।

घरमा सुतिरहेको अवस्थामा घर माथिदेखि करिब १२ बजेतिर खसेको पहिरोले घर पुरिँदा उनको ज्यान गएको वडा अध्यक्ष युवराज महतले बताउनु भयो ।
मृतक परियारका घरका अन्य सदस्य अर्का घरमा सुतेका कारण ज्यान जोगाउन सफल भएका छन् ।