काठमाडौं उपत्यकामा ३०१ जना संक्रमित थपिएका छन्। पछिल्लोख २४ घन्टामा काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १३ हजार २ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा ८८५ मा संक्रमण भेटिएको हो। यस्तै ३८५ जना कोरोना मुक्त भएर घर फर्केका छन्। अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ।  

३४ हजार ४ सय १८ जना संक्रमित हुँदा १४ हजार ७ सय ४९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकमध्ये दुई जना मोरङ र भक्तपुरका महिला छन्। मृतकमा कैलालीका २ जना, महत्तोरीका ३ जना, बाँकेका १ जना, काठमाडौंका १ जना र बाराका २ जना छन्‍। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ।

तेस्तै हालसम्म बिश्वभर कोरोना संक्रमितको संख्या २४,०२८,५३७ पुगेको छ निकोहुने को संख्या १५,६६९,०९९पुगेको छ भने ८२२,४०३ जनाको मृत्यु भैसकेको छ ।