दोलखा । दोलखाको गौरीशंकर गाउपालिका १ जुगुका कोरोना संक्रमित एक पुरुषको सम्पर्कमा आएका उनको आफ्नो परिवार सहित ३५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

गौरीशंकर गाउपालिकाका कर्मचारी वडा नम्बर १ जुगुका कोरोना संक्रमितको सम्पर्कमा आएका ३५ जनाको आज रिपोर्ट नेगेटिभ आएको हो । कन्ट्रयाक ट्रेसिङको आधारमा उनको परिवार सहित वडा नम्बर १ र २ को गरि ३५ अजनको स्वाव संकलन गरि पठाईएकोमा आज रिपोर्ट नेगेटिभ आएको हो ।यहि भदौ २ गते जुगु बाट ३५ जना सहित दोलखा जिल्लाबाट ३०३ जनाको स्वाव संकलन गरि पिसिआर परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको थियो ।

त्यसमध्य  गौरीशंकर गाउपलिकको मात्रै १७६ जनाको स्वाव रहेको थियो। गत शुक्रबार १४१ जनाको स्वाव परिक्षण भएकोमा वडा नम्बर ५ सुरिका ४ जना स्थानीयमा कोरोना संक्रमण देखिएको थियो भने बाकि ३५ जनाको आज परिक्षण भएकोमा रिपोर्ट नेगेटिभ आएको हो।जुगुका कोरोना संक्रमित व्यक्ति अहिले गाउपालिकाको हलेश्वर क्वारेन्टाइनमा रहेका छन् ।