दोलखा । दोलखाको कालिन्चोक गाउपालिका ९ कटुवाचौरमा कुकुरको टोकाईबाट एक बालक घाइते भएका छन् ।

Dog Bite Png, Vector, PSD, and Clipart With Transparent Background for Free  Download | Pngtree

कालिन्चोक गाउपलिका ९ सुन्द्रावती स्थित कटुवाचौरमा भुसिया कुकुरको टोकाइबाट स्थानीय ४ बर्षिय बालक सुजल पकुवाल घाइते भएका हुन् । आज दिउसो करिब १:०० बजे तिर कटुवाचौरस्थित आफ्नो घरमा खेलिरहेको अवस्थामा बालक लाइ बजारमा घुम्ने भुसिया कुकुरले गालामा टोकेको हो । कुकुरको टोकाइबाट घाइते भएको बालकको धुलिखेल अस्पतालद्वारा सन्चालित दोलखा अस्पतालमा उपचार भइरहेकोछ ।

यस अघि पानि जिल्लाको मेलुङ गाउपलिकामा कुकुरले १० जनालाई टोकेको थियो । ति मध्य ३ जनाको मृत्यु भइसकेको छ भने ७ जना घाइतेहरु उपचाररत छन् ।