दोलखा । ललितपुरको पाटन संक्रमित दोलखाकी एक युवतीको मृत्यु भएको छ ।
पाटन अस्पतालमा उपचार गराइरहेकी दोलखा घर भएकी ३० बर्षया कोरोना संक्रमित महिलाको आज मृत्यु भएको हो ।
उनको घर दोलखा भनिएपनि अन्य विवरण खुलाइएको छैन । मृतक महिला दोलखामा
संक्रमित भएकी हुन् वा दोलखा बाहिर भन्ने पनि खुल्न सकेको छैन ।
उनी भाद्र २ गते अस्पताल भर्ना भएकी थिइन, दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले भने दोलखाकी युवतीको मृत्यु भएको विषयमा आफुलाई आधिकारिक जानकारी नआएअको बताउनुभएको छ ।