भदौ ३ गोकुगंगा गाउँपालिकामा थप ९८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हिजो गाउँपालिकाका ६ वटै वडामा संचालित खोप अभियानमा ४८० जना महिला र ५०६ जना पुरुषले भेरोसियल खोपका दोस्रो मात्रा लगाएका हुन् । यसअघि फागुन २३ २४ र २५ गते कोभिसिल्ड खोपका पहिलो मात्रा लगाएका ५५ वर्ष उमेर समुहकाले हिजो दोस्रो डोज लगाएका निमित्त प्रमुख प्रशासकिय अधिकृत जागिर राय यादवले जानकारी दिनुभयो ।