भदौ ४

रामेछापको गोकुलगंगा गाउँपालिकामा चोरको बिगबिगी बढेको छ । गोकुलगंगा गाँउपालिका वडा नं. – ६ फर्पुमा गएराति तिन ठाउँमा चोरी भएको छ । अज्ञात समुहले सार्वजानिक स्थानहरुमा नगद तथा भौतिक बस्तुहरुको चोरी गरेको हो । श्री मा.वि. भारतिय आधाभूत आधारभुत विद्यालयमा प्रवेश गरी तोडफोड गरेको गोकुलगंगा वडा नं. -६ का वडा अध्यक्ष चन्द्र सुनुवारले जानकारी दिनुभएको छ । श्री मा.वि.को १६ वटा कम्प्यूटर प्रअको रुममा ३ वटा दराज तोडफोड भएको छ । यस्तै भुरन यादवको ३० हजार चोरी भएको छ । उनको कागजात भने कोठाबाट बाहिर फालिएको अवस्थामा फेला परेको छ । यसैगरी भारतिय प्राविको भने क्षतीको पुर्ण बिवरण आउन बाँकी छ । बुधबार राति गोकुलगंगा गाउपालिका वडा नं. -३ रस्नालुमा ११ ठाउँबाट लगभग १ लाख ६२ हजार चोरी भएको थियो ।