माघ-९ ,२०७७

रेडियो वान ९३.३ मेगाहर्ज

साबिक रस्नालु गोकुलगंगा-३ बिरौटामा स्थानीय बासिबिच बिबादको क्रममा झगडा भएपछि बेतली निबासी मेरमान बि.क.सामान्य घाइते भएपछि उपचारको क्रममा शिक्षण अस्पताल काठमान्डौमा उनको मृत्यु भएको छ।

गोकुलागंगा गा.पा.-४ बेताली निबासी मेरमान बि.क. एक बिपन्न परिवारका मानिस हुन्।

            आफ्नो अंशमा परेको १ गरा जग्गामा सनोघर थियो। ४ छोरा २ छोरि र श्रीमती संग पुर्खेउली काम गर्दै जिबिका चलाउने गर्थे।जो होचो उसैको मुखमा घोचो भन्ने उखानझै यहाँ वास्तविक हुनपुग्यो। भएको जग्गामा पनि बत्तिको खम्बा घर छेउमा गाडियो।त्यति मात्र कहाँहोर? खिम्ती गर्जाङसडकको हाइवेले पनि उनैको घरभएको जग्गा परेको छ।यसैले उनि बेताली-४ को पुर्खेउली स्थान छोडेर गोकुलगंगाकै वडा नं.-३, रस्नालु बिरौटा स्थित अरुको जग्गामा साझेबारीकमाउदै त्यहि बसोबास गर्दथे। दुख: को कुरा २०७७ पौस २५ गते सामान्य झगडाभएको कारण २८ गते उपचारको क्रममा बि.का.को मृत्यु भएकोछ।

                        दलित समाज उत्थान समितिका बर्तमान अध्यक्षको भनाई अनुसार गाउका स्थानीय बासि अन्दाजी बर्ष ६३ का साङ तेन्जी शेर्पा संग मृतक मेरमान बि.का.को सामान्य बिबाद परि झगडा भइ हात हालाहाल भएको कारण स्थानीय प्रहरी चौकीमा उजुरि दिई उपचारको लागि मन्थली पठाएको र मन्थली बाट काठमान्डौ पठाएपछि काठमान्डौ पाटन अस्पताल बाट रिफर गरेपछि शिक्षण अस्पतालमा उपचारकै क्रममा मेरमान बि.क.को मृत्यु भएको हो। र झगडामा कुटपिट गर्ने शेर्पालाइ रामेछाप जिल्ला प्रहरी प्रसासनको हिरासतमा राखेको कुरापनि उहाले बताउनुभयो। पिडित मृतकका परिवारलाई अहिले सम्म कुनैपनि निकाय बाट सहयोग तथा क्षतिपूर्ति नभएकोले सहयोगी मनहरुले सहयोग गरिदिनुहुन पनि उहाले आग्रह गर्नुभयो।

            रामेछाप जिल्लाको अदालतमा सो घटनाको रित दर्ता गरेपछि छानबिनको लागि शेर्पालाई जिल्ला प्रहरी कार्यालयले निगरानीमा राखेको छ भने मृतकका छोराहरु परम्परा अनुसार काजक्रिया गर्दै छन्। काजक्रिया सकिएपछि सो घटनाको सम्बन्धित निकायमा कदम अगाडी बढाउने मृतकका भिनाजुले बताएका छन्।